आज पनि बढ्याे सुनको मूल्य

84

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ ।

नयाँ मूल्य अनुसार आज ९३ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य हिजोको तुलनामा प्रतितोला ६०० रुपैयाँले वृद्धि भएको छ ।

त्यस्तै आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी हिजोको तुलनामा आज प्रतितोला ३५ रुपैयाँले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here