भारतमा कोरोना विरुद्ध  विकसित औषधि प्रयोग गर्न अनुमति

150

काठमाडौ । कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा  विकसित औषधि प्रयोग गर्न अनुमति दिइएको छ ।

औषधिसँग सम्बन्धित विषय हेर्ने भारतको सरकारी निकायले टू–डीजी नामक औषधिलाई कोभिड–१९ संक्रमितको उपचारमा प्रयोगका लागि आपतकालीन रूपमा अनुमति दिईएको हो ।

कोभिडबाट अतिप्रभावित राजधानी दिल्लीका अस्पतालहरूमा यो औषधि पहिलो पटक प्रयोग गरिने जनाईएको छ । सरकारले जारी गरेको विज्ञप्तिमा औषधि कोभिडबाट ‘पीडित भएकाहरूका लागि अत्यन्तै लाभदायक’ रहेको छ ।

तर केही आलोचकहरूले कोभिड उपचारका लागि उक्त औषधिलाई स्वीकृति दिँदा आवश्यक पर्ने तथ्याङ्क उपलब्ध नभएको औँल्याएका छन्।

टू–डीअक्सी–डी–ग्लुकोज वा टू–डीजी औषधि डिफेन्स रिसर्च डिभलप्मेन्ट अर्गनाइजेशन (डीआरडीओ) ले डक्टर रेड्डीज नामक औषधि उत्पादकसँगको सहकार्यमा यो अौषधी विकास गरिएको हो ।

भारतमा कोभिड–१९ सङ्क्रमणका कारण मृत्युदरमा अपेक्षा गरिए अनुसार कमी नआएपछि यसलाई उपचारका क्रममा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो ।

“क्लिनिकल परीक्षणका नतिजाहरूले यो अौषधीले अस्पताल भर्ना भएका बिरामीहरूलाई छिटो निको हुन सहयोग गर्छ र अक्सिजनप्रतिको निर्भरता कम गर्छ,” विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्यविज्ञहरूले मानिसहरूमा गरिएको परीक्षणमा औषधिको प्रभावबारे प्रकाशित तथ्याङ्कको कमीले यसको प्रभावकारिताबारे प्रश्न उत्पन्न भएको जनाएका छन् । उक्त औषधि खासमा क्यान्सर रोगको उपचारका लागि विकास तथा परीक्षण गरिएको तर लामो समयसम्म प्रयोग गर्न स्वीकृत नगरिएको चिकित्सकहरूले औँल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here