सपथविरुद्व परेको रिट प्रधानन्यायाधीश चोलेन्द्रले हेर्ने

299

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्व परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा आफैंले हेर्ने भएका छन् । गत शुक्रबार लिएको पद तथा गोपनीयताको सपथ बदरको माग गर्दै परेको रिटको सुनुवाई प्रधानन्यायाधीश राणाले आफ्नो एकल बेन्चमा तोकेका थिए ।

प्रधानमन्त्री केपी ओलीले लिएको सपथविरुद्व सर्वोच्च अदालतमा ४ वटा रिट दर्ता भएका छन् । प्रधानन्यायाधीश राणाले उक्त रिटमाथिको सुनुवाई मंगलबार आफ्नै इजलासमा तोकेका छन् ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवालसमेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका हुन्।

तेस्रो पटक प्रधानमन्त्री भएका ओलीले गत शुक्रबार लिएको सपथमा ‘प्रतिज्ञा गर्छु’ भन्न शब्दावली उच्चारण गर्न अस्वीकार गरेका थिए । राष्ट्रपतिले दोहो¥याएर उच्चारण गर्न लगाउँदा उनले ‘त्यो पर्दैन’ भन्दै अस्वीकार गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here