उप-निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा विवेकशील अझैं आन्तरिक छलफलमै

100

काठमाडौं । राष्ट्रिय सभाको बिहीबार हुने उप-निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा विवेकशील साझा पार्टी अझैं आन्तरिक छलफलमै छ । बागमती प्रदेशसभामा विवेकशील साझाका ३ जना सदस्य रहेका छन् ।

कूल १ सय ४४ मतभार रहेको विवेकशील साझाको आज साँझ बस्ने बैठकले निर्णय लिने संसदीय दलका नेता रमेश पौडेलले जानकारी दिए ।

‘आज साँझ संसदीय दल र पार्टी नेतृत्वबीच भर्चुअल छलफल गर्दैछौं । त्यहीबाट निष्कर्ष दिनेछौं’, पौडेलले भने  ।

विवेकशील साझाभित्र विपक्षी गठबन्धनका उम्मेदवारलाई सघाउनुपर्ने मत बलियो रहेको छ । बागमती प्रदेशसभामा ३ सांसद रहेको राप्रपाले भने एमाले उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here