आज बस्दै कांग्रेसकाे संसदीय दल बैठक

154

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो साढे २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा विशेषगरी पछिल्ला राजनीतिक घटनाक्रम बजेग अधिवेशन आब्हान गर्न सरकारले गरेको विलम्व लगायत विषयमा छलफल हुने सचेतक पुष्पा भुषालले जानाकारी दिइन् । भुसालका अनुसार आजको बैठकमा एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा संविधानको धारा ७६ (३) बमोजिम गठन भएको सरकार र सरकारले अब ल्याउने बजेट त्यसका साथै कोरोना नियन्त्रण लागयतका विषयमा छलफल हुने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here