उपप्राध्यापक शंकर सुबेदीको निधन

316

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अङ्ग्रेजी केन्द्रिय विभागका उपप्राध्यापक शंकर सुबेदीको निधन भएको छ ।

नेकपा एमाले पर्बत काठमाडौँ सम्पर्क मंचका पूर्वउपसचिवसमेत रहेका सुवेदीलाई केही दिनअघि कोरोना भएपनि घरमै आराम गरेर बसेका थिए । तर तीन दिनअघि स्वासप्रस्वासमा समस्या भएपछि पाटन अस्पतालमा भर्ना भएकोमा बुधबार राती उनको निधन भएको जनाइएको छ ।

मंचका सचिव युवराज काफ्लेले होनाहार ब्यक्तित्व शंकर सुबेदीको असामयिक निधनले मर्माहत बनाएको बताएका छन्।  उनको निधनमा चन्द्रबहादुर केसी, भिमनाथ रेग्मीलगायतका प्राध्यापकहरुले भावपूर्ण श्रद्धाञ्जलीसहित गहिरो समवेदना व्यक्त गरेका छन् ।

कुश्मा नपा, पाङ्ग पर्वत घर भएका सुवेदीको आमा, श्रीमती, दुई छोरी र एक छोरा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here