भारतमा माओवादी र सुरक्षाकर्मी बीच भिडन्त हुँदा १३ को मृत्यु

176

एजेन्सी । भारतको महाराष्ट्रस्थित गढचिरौलीमा नक्सलवादी माओवादीहरूसँगको भिडन्तमा महाराष्ट्र प्रहरीले सफलता प्राप्त गरेको छ ।

अहिलेसम्म १३ जना माओवादीको मृत्यु भइसकेको  जनाइएकाे छ ।  एटापल्लीमा रहेको जंगलमा महाराष्ट्र प्रहरीको सी–६० युनिट र माओवादीबीच भिडन्त भएको हो र अहिलेसम्म जारी छ । यसअघि गढचिरौलीमै भएको भिडन्तमा दुईजना माओवादी मारिएका थिए ।

गढचिरौलीका डीआईजी सन्दीप पाटिलले १३ जना माओवादीको मृत्यु भएको पुष्टि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here