भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१ सङ्क्रमित थपिए

89

काठमाडौं । भारतमा कोभिड १९ का दुई लाख ५९ हजार ५९१  सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २० लाख ६१ ह्जार ६८३ नमूना परीक्षणमा दुई लाख ५९ हजारमा सङ्क्रमणको पुष्टि भएको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड ६० लाख ३१ ह्जार ९९१ पुगेको छ । हाल ३० लाख २७ हजार ९२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

चौबीस घण्टामा तीन लाख ५७ हजार २९५ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई करोड २७ लाख १२ हजार ७३५ सङ्क्रमित निको भएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार २०९ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त मृत्युसँगै भारतमा कोरोना सङ्क्रमणबाट हालसम्म दुई लाख ९१ ह्जार ३३१ जनाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here