मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ

42

काठमाडौं। काठमाडौं उपत्यकामा मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई हाल ललितपुरको भैसेपाटी बस्‍ने २५ वर्षीय विजय भन्‍ने लोकबहादुर पाख्रिन र काभ्रेको तिमाल गाउँपालिका-७ धुल्खु घर भई हाल बौद्ध नयाँबस्‍ती  बस्‍ने २८ वर्षीय हेमा भन्‍ने सुजन तामाङ रहेका छन् ।

उपत्यकाको विभिन्‍न स्थानहरुबाट मोटरसाइकलहरू चोरी हुने गरेको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका अनुसार विजय भन्‍ने लोकबहादुर प्राखिनलाई भैंसेपाटीबाट पक्राउ गरी सोधपुछ गर्दै जाँदा सुजन तामाङ पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि प्रहरी वर्त चापागाउँ पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here