साईवर अपराध नियन्त्रण सम्वन्धि अभिमुखीकरण सम्पन्न उत्तमकुमार थापा साईवर अपराध नियन्त्रण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
आज एक कार्यक्रमका विच राष्ट्रिय सुचना तथा सञ्चार प्रविधि दिवस २०८० जिल्ला समन्वय समिति सभाहलमा सुरु भएको हाे ।
जिल्ला समन्वय समिति बझाङकाे सभाहलमा अहिले टेक्नोलोजी प्रविधिले निम्त्याएको नकारात्मक प्रवृत्तिलाई नियन्त्रण गर्न विद्यार्थी, सञ्चारसँग आवद्ध व्याक्तित्वहरु र आईटी पत्रकार लगाएतहरुलाई एक दिने प्रशिक्षण सहित कार्यक्रम गरिएको थियाे । बजार परिक्रमा गरिसके पछि सुचना प्रविधि जिल्ला कम्युटर एसाेसिएसन महासँघ बझाङका अध्यक्ष कटक सिँह धामीकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य टाेप बहादुर खड्का रहनु भएको थियाे ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका ईन्स्पेक्टर रमेश अवस्थीले विभिन्न कलास लिदै यस्ता खाले अपराध बाट वचन अनुरोध गर्नु भएको हाे । प्रविधिको राम्रो प्रयाेग गर्न आग्रह गर्दै नराम्रो गतिविधिमा ध्यानाकर्षण नहुन सबैलाई सचेत रहन जानकारी दिनु भयाे ।
जसमा सरकारी तथा गैर सरकारी सँघ सस्थाका प्रमुख तथा प्रतिनिधि पत्रकार सुचना सम्वन्धि ज्ञान सीप भएका जनसमुदाय सहित सबै ४० जना जति उपस्थिति रहेकाे कार्यक्रमकाे समापन अध्यक्ष कटक सिह धामीले गर्नु भएको थियाे ।


















