राष्ट्रपति भण्डारीलाई महाभियोग लगाएर बिदा गर्न आह्वान

110

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा पूर्वमन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोग लगाएर बिदा गर्न आह्वान गरेका छन् ।

प्रधानमन्त्रीले पहिला राजीनामा दिएपछि मात्र राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नुपर्ने संविधानको व्यवस्थाबारे जानी बुझिकन गैरसंवैधानिक कार्य गरेका आरोप लगाउँदै नेता थापाले राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गर्न दलहरुसँग आग्रह गरेका हुन् ।

उनले भनेका छन्  : “विश्वासको मत लिन मन नलागे प्रमले राजिनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया शुरु गर्ने हो नेतागण,के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलिलाई बिदा गरौं,महाअभियोग लगाएर रापलाई बिदा गरौं।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here