कांग्रेस संसदीय दलको बैठक बस्दै

112

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठकले वैकल्पिक सरकारका विषय कुनै निर्णय लिन सकेन।

साे  बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत उपस्थिति जनाएका थिए ।

वैकल्पिक सरकारका विषयमा गरिएको छलफलमा जनता समाजवादी पार्टी एकमत नभएका कारण कुनै निष्कर्ष निकाल्न नसकिएको नेताहरुले जनाए । बैठकबाट बाहिरिन क्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कुन विकल्पमा जाने भन्नेमा अझै अन्योल रहेको जनाए। उनले भने, ‘अहिले छलफल गरिइ कुनै निष्कर्ष निस्केन। दिउँसो ३ बजे कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ। त्यहीँबाट निष्कर्ष निकालिनेछ।’ अहिल्यै निष्कर्षमा नपुगे पनि छलफलको क्रम भने जारी रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here