ओलीको राजनीतिक दाउँ पेचको गोलचक्करभित्र राजमो र मसाल

89

-हुकुमबहादुर सिंह

राजमो र मसाल यी दुई दल नेपाली कम्युनिस्ट आन्दोलनका दुई जेष्ठ व्यक्तित्वव्दारा नेतृत्वमा सञ्चालित छन् तर सिद्धान्त, विचार र संगठनका हिसावले सधै भरी आन्तरिक विग्रहबाट गुज्रदै आएका छन् । २०५२सालको नीर्वाचनदेखि यो नेतृत्वले भनाइमा कार्यनीतिक गराइमा रणनीतिक रुपले संसदीय व्यवस्थाका हरेक नीर्वाचनमा एमालेको सहयोगमा भाग लिंदै र केही सिटमा संसदमा प्रतिनिधित्व गर्दै र एमालेकै सहयोगमा केही समय सरकारमा समेत सामेल भएको  छ ।

सिद्धान्ततः संसदीय व्यवस्था आफैमा एउटा अराजक र उच्शृङ्खलहरुका लागि सुहाउँदो व्यवस्था हो । किनभने यसले गर्ने प्रतिनिधित्व सर्वहारावर्गको लागि नभई पुँजीपति वर्गका लागि हो । तर पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने राजनीतिक दलमात्रै होइन, सर्वहारावर्गको मुक्तिका लागि काम गर्ने घोषित उद्येश्य र लक्ष्य लिएका कैयो कम्युनिस्ट तथा वामपन्थी राजनीतिक दलहरुले पनि संसदीय व्यवस्थाका नीर्वाचनमा भाग लिएका छन् र जनतालाई भ्रम पार्न सफल भएर संघीय तथा प्रादेशिक संसदमा सहभागीता जनाएका मात्रै छैनन, अत्यधिक बहुमतका साथ नामधारी कम्युनिस्ट सरकारको नेतृत्व पनि गरेका छन् ।

नेपालको सन्दर्भमा नेपाली काँग्रेसले आफूलाई छापावाल संसदवादी भन्दछ र उसले अन्य जो संसदमा छन् उनीहरु लोकतन्त्रवादी नभई सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने कम्युनिस्ट अधिनायकवादीहरु हुन भनिरहेको छ । हुन पनि संसदमा भएका केहीले आफूलाई सर्वहारावर्गीय क्रान्तिलाई फाइदा पुरयाउनका लागि कार्यनीतिक रुपले संसदको उपयोग गरेको भनिरहेका पनि छन् ।

तर नेपालको कम्युनिस्ट आन्दोलनमा संसदलाई कार्यनीतिक रुपले उपयोग गर्ने भनेर जे जति कम्युनिस्ट पार्टीहरु संसदमा भाग लिए र लिएका छन्, अहिलेसम्मको इतिहासमा तीनिहरुले संसदको उपयोग होइन तिनीहरुलाई संसदले उपयोग गर्न सफल भएको छ । राजमो र मसालवारे पनि यही सत्य हो ।

रुपमा जे भनेता पनि सारमा नेपालको कम्युनिस्ट आन्लोलनमा क्रान्तिलाई  सञ्चालन गर्ने मूल शक्ति के हो ? सही कार्यदिशा के हो पत्ता लगाउन नसकेर(नचाहेर) आफ्ना विचारहरूलाई कुनै खास ठाउँमा पु¥याएर विश्राम गर्ने आतुरी भएको कारणले धेरै कम्युनिस्ट नेताहरुले संसदलाई उपयोग गरेको पाइएको छ । त्यही आधारमा उनीहरु लेनिनको संसदलाई किन उपयोग गर्ने भन्ने भनाइलाई लिएर सोच्ने र तर्क–वितर्क गर्ने काम गर्दछन् । उनीहरूमा प्रायः “तर्क अथवा सन्देहभन्दा टाढाका” सत्यहरूको स्थापना गर्ने आतुरी देखिदैन । र जसको अनिवार्य परिणाम जीवन र निरन्तर परिवर्तनशील वास्तविकताहरूमा निहित सत्यलाई सङ्कुचित वा विकृत बनाउने काम भइरहेको छ  ।

एङ्गेल्सले माक्र्सवाद कुनै जड सिद्धान्त नभएर कार्यक्षेत्रमा बाटो देखाउँने दर्शन हो भनेर एकदमै सही भनेका हुन् । यदि साधारणरूपमा भन्ने हो भने हामी के भन्न सक्दछौँ भने हाम्रा सम्पूर्ण कामहरूको उद्देश्य पुरानो संसारलाई बदलेर नयाँको निर्माण गर्नु हो । तर संसदलाई उपयोग गरेर कुनै पनि कम्युनिस्ट बाट पुरानो संसारलाई बदलेर नयाँको निर्माण गर्ने तर्फ पहलकदमी गरेको पाइएको छैन ।

नेपालको सन्दर्भमा व्यावहारिक अनुभवको ठोस आधारमा टिकेको विश्वासका साथ के भन्न सकिन्छ भने कम्युनिस्टह्रुले हिजो र आज पनि संसदमा भागलिएर जुन काम गर्दैछन् , त्यसबाट पुरानो संसारलाई बदलेर नयाँको निर्माण गर्ने तर्फ पहलकदमी हुनै सक्दैन । संसदको पोखरीमा पौडिखेल्ने सिवाय अरु के नै भएको छ र ? यसमानेमा संसदमा भागलिएका कम्युनिस्टहरु सबै नेपाली काँग्रेस वा अन्य घोषत पुँजीपति वर्गका पार्टीहरुजस्तै संसदीय व्यवस्थाका पुँजीपति वर्गका “उच्शृङ्खल पुत्रहरू” भएका छन् ।

यी  “उच्शृङ्खल पुत्रहरू” लाई माक्र्सवादले सत्ता कसलाई भन्दछ भन्ने भन्ने ज्ञान त छ तर हामीले सत्ताको साँचो लिएर बसेका  छौ भन्ने भ्म पनि उत्ति कै छ । वैशाख २७ गते ओलीले विश्वासको मतका लागि संसदमा पेश गरेको प्रस्तावको पक्ष र विपक्षमा जे जसरी मधेसी मोर्चा विभाजित बन्यो, करीव करीव त्यस्तै रोगबाट ग्रसित गण्डकी प्रदेशमा राजमो देखिन पुगेको छ ।

राजमोले आमो समयदेखि केपीओली सरकारलाई देशभक्त तथा वामपन्थीको सरकार भनिरहयो । त्यो वाध्यता उसलाई थियो । यसवारे जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले विगतमा वामपन्थी गठबन्धनमा सामेल हुँदै निर्वाचित भएका थापा र शाही एमालेकै मतले आफूहरूले जितेकाले कांग्रेसलाई सघाउन कठिन भएको प्रतिक्रिया दिने गरेका छन् । जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले स्थानीय नेता र जनताले समेत कांग्रेसलाई समर्थन गर्न नहुने र केन्द्रको एमालेविरुद्ध जाने निर्णयले आफूहरूलाई अप्ठ्यारो पारेको बताए ।

हुन पनि हो नेपाली काँग्रेससँग संयुक्त मोर्चा वा कार्यगत एकतासम्मलाई क्रान्तिप्रतिको गद्दारी तथा धोका भनेर लामो समयदेखि भन्दै आएको एउटा राजनीतिक दलको केन्द्रीय नेतृत्वले कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वको मोर्चालाई समर्थन गर्ने निर्णय गरेको छ । तर राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सांसद कृष्ण थापाले गठबन्धनलाई समर्थनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । र सांसद थापाले काँग्रेस नेतृत्वको नयाँ बन्ने सरकारलाई समर्थनका लागि हस्ताक्षर नगर्ने बताएका हुन् ।

प्रदेशसभाका तीन जना सांसद मध्ये सांसद कृष्ण थापा र खिम विक्रम शाहीले हस्ताक्षर गर्न आनाकानी गरेपछि मंगलबार जनमोर्चाका केन्द्रीय महासचित मनोज भट्ट उनीहरुकै निवासमा हस्ताक्षरका लागि पुगेका थिए । तर, महासचिवले पार्टी केन्द्रको निर्देशन अनुसार हस्ताक्षर गर्न आग्रह गरेपनि उनले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।

गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा र खिमविक्रम शाहीले कांग्रेस नेता पोखरेलको पक्षमा हस्ताक्षर गर्न अनाकानी गरिरहेका वेला सो पार्टीका महासचिव मनोज भट्टले आफूहरू निर्णयबाट ब्याक नहुने भन्दै हस्ताक्षर ल्याउने बताएका छन् । त्यसका लागि आफूहरू सांसदकै निवासमा निवासमा पुग्न लागेको उनले प्रतिक्रिया दिए । ‘हाम्रो प्रस्ट निर्णय विपक्षी मोर्चालाई समर्थन गर्ने नै हो । त्यसबाट हामी ब्याक हुँदैनौँ । उनीहरूको निवासमै पुगेर हस्ताक्षर लिएर आउँदै छौँ,’ उनले भने । हस्ताक्षर संकलन गर्न घरघरमै पुग्ने बताएका उनले राजमोमा विवाद नभएको दाबी गर्न भ्याए । ‘हाम्रो पार्टीमा निर्णय तलमाथि हुन्न । पार्टीको निर्णय सबैले मान्छन्,’ उनले दाबी गरे ।

यसअगाडि पनि १५ वैशाखमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावउपर मत विभाजन गर्नेवेला राजमोका सांसद खिमविक्रम शाही गायब भएका थिए । उनी सोही दिन साँझ एक हस्पिटलको कोभिड आइसियू कक्षमा भेटिएका थिए । एकाएक सांसद शाही गायब भएको विषयलाई लिएर राजमोले आफ्ना महासचिव मनोज भट्टको नेतृत्वमा छानबिन समिति नै गठन गरेको थियो । भट्टको टिम पोखरा आएर छानबिन गरे पनि प्रतिवेदन सार्वजनिक गरेको छैन । शाही अहिले कोरोनामुक्त भएका छन् भने सचेतक पियारी थापा कोरोना संक्रमित छन् ।

नेकपा(मसाल)ले लामो समयसम्म नेकपा(एमाले) र नेकपा(माके) मिलेर सरकार बनाउने सुझाव दिदै अँएको हो, तर ओलीले टेरेनन । उनी बरु नेकपा(एमाले)मा समेत विभाजन गरेर मधेसी मोर्चाका महन्त ठाकुर–राजेन्द्र महतोसँग मिलेर भविश्यमा ठुलो दलका रुपमा नीर्वाचन गर्ने सरकार चलाउने रणनीतिमा छन् भने नेकपा(मसाल)ले दिएको सुझाव उनका लागि खासै महत्व राख्दैन ।

यसरी मधेसी मोर्चा र राजमोभित्रको अन्तरविरोधलाई यसले बाहिर छरपस्ट पार्ने र विभाजन ल्याउने सम्भावना बलियो भएको छ । नेकपा(मसाल)को संसद मोह यति बलियो बन्दै गएको छ कि कुनै पनि अवस्थामा (भोली ओलीको चुनावी गठवन्धनलाई फेरी वामपन्थी तथा देशभक्तको परिभाषाभित्र उसकै वैशाखीमा संसदमा केही सिट जित्ने कार्यमा लाग्न सम्भावनालाई नकार्न सकिदैन ।

नेकपा(मसाल) सधैभरी काय्र्रनीतक सवाललाई रणनीतिको प्राप्तीका लागि उपयोग गर्न असफल रहदै आएको छ । र ओलीको राजनीतिक दाउँ पेचका अगाडि फेरी पनि उसको कार्यनीति छिनछिनमा बदलिरहेने स्पष्ट छ ।  माक्र्सवादले कार्यनीतिले रणनीतको सेव ागर्ने भन्दछ तर राजमो र मसालको कार्यनीतिले सधैभरी संसदीय व्यवस्थाको सेवाका लागि का म गर्दै आएको छ नकि नयाँ जनवादी क्रान्तिको सेवा । -जनधारणा साप्ताहिकबाट

[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here