बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने

86

काठमाडौं । बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने भएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो। नेपालका लागि बेलायती राजदूत निकोल पोलिटको पहलमा खोप नेपाल आउन लागेको हो।

गत बिहीवार बेलायतको उपल्लो सदनले नेपाललाई त्यस बराबर खोप दिने निर्णय गरेको हो। गत हप्ता राजदूत पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यसबारे जानकारी दिएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here