काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका कारण एक वैज्ञानिकको मृत्यु भएको छ । मृत्यु हुनेमा दक्षिण अफ्रिकाकी वैज्ञानिक गीता रामजी रहेकी छिन् । ५० वर्षीया रामजीको कोरोनाको संक्रमणबाट मृत्यु भएको हो ।
हालै लन्डनबाट स्वदेश फर्किएकी उनी निमोनिया देखिएपछि क्वाजुलु–नाटाल प्रान्तस्थित अस्पतालमा भर्ना भएकी थिइन् । उनी दक्षिण अफ्रीकी चिकित्सा अनुसन्धान परिषदमा कार्यरत थिएन् । त्यस्तै उनी क्लीनिकल ट्रायल यूनिटकी मुख्य अन्वेषक र यूनिट डायरेक्टर पनि थिइन्।


















