अन्तराष्ट्रिय कोप सम्मेलन स्थगित

96

काठमाडाैं – यो वर्षको अन्त्यमा हुने भनिएको जलवायू परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलन (कोप २६) स्थगित भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) का कारण वेलायतको ग्लासगो सहरमा आयोजना गर्ने तयारी गरिएको सम्मेलन अब अर्को वर्ष हुनेछ।

सम्मेलन आगामी ९–१९ नोभेम्वरमा गर्ने तयारी थियो। अब कोप २६ सन् २०२१ मा हुनेछ। सम्मेलनका पक्ष देशहरुसँगको छलफलपछि अर्को मिति तय हुने संयुक्त राष्ट्रिसंघीय जलवायू परिवर्तन सम्वन्धी अन्तराष्ट्रिय सम्मेलनको सचिवालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। सम्मेलनका साझेदार देश वेलायत, इटाली र कोप व्यूरोसहितको वैठबाट यो निर्णय लिइएको पनि विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा विश्व कोभिड १९ महामारीसंग जुधिरहेका वेला आगामी नोभेम्वरमा कोप २६ गर्न सम्भव नहुने उल्लेख छ । कोप २६ को अध्यक्ष राष्ट्र वेलायतका व्यापार र उर्जा सम्वन्धी सचिव आलोक शर्माले विश्वले अभूतपूर्व चुनौतीको सामना गर्नुपरेको र महामारीसंग जुद्दन आफ्ना प्रयासहरुलाई जारी राखेको विद्यमान परिस्थितीमा कोपको मिति परिवर्तन गरिएको जनाएका छन् ।

त्यसैगरी आगामी सेप्टेम्वर र अक्टोवरमा जलवायू परिवर्तन सम्वन्धी अन्य वैठक पनि स्थगित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here