पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ स्थित गण्डक ब्यारेज पुलबाट हिजो र आज गरि ४ शव फेला परेको छ।
गण्डक ब्यारेज पुलमा आइतबार साझ २ पुरुष तथा सोमबार बिहान १ महिला र १ पुरुषको शव फेला परेको हो। फेला परेको शवहरु नारायणघाट मुग्लिङ सडक खण्डमा दुर्घटना भएको बसका यात्रुहरु भएको अनुमान गरिएको छ।
गण्डक ब्यारेज पुलमा शव फेला परेपछि स्थानीय सुरक्षा युनिटको अनुरोधमा सशस्त्र प्रहरी बल नेपाल २६ न. गण नेपाल (पश्चिम नवलपरासी) का सशस्त्र प्रहरी निरीक्षक टेकबहादुर घर्तीको नेतृत्वमा आएको २० को सङ्ख्याका एपीएफका तालिम प्राप्त टोलीले गण्डक ब्यारेजको ढोका न.१ र ६ बाट शव निकाली नेपाल प्रहरीको जिम्मा लगाएको जानकारी प्राप्त भएको छ। उक्त शवलाई आवश्यक प्रक्रिया पूरा गर्न पोस्टमार्टमको लागि मध्यविन्दु अस्पताल कावासोती पठाइएको प्रहरीले बताएको छ।
३ दिन पुर्व बस दुर्घटना भइ नदीमा खसेका शवहरु अब बिस्तारै नदीको बहाव सङ्गै विनयी त्रिवेणी र सुस्ता तर्फ आउन थालेपछि सुरक्षा निकायले उच्च सतर्कताका साथ निगरानी बढाएको पनि बुझिएको छ। यो समाचार तयार पार्दा पार्दै गण्डक ब्यारेज पुलमा थप एक पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय त्रिवेणीले बताएको छ। ब्यारेज पुलमा देखापरेको शवलाई निकाल्ने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।












![संघीय संसद्मा महासचिव गुटेरेसले गरेको सम्बोधन [पूर्णपाठसहित]](https://swaviman.com/wp-content/uploads/2023/10/Untitled-15-218x150.jpg)





