इङ्ग्लिस प्रिमियर लिगको उपाधि म्याचेस्टर सिटीले जित्याे

193

काठमाडौं । यस अघि नै उपाधि जितिसकेको म्यानचेस्टर सिटीले इङ्ग्लिस प्रिमियर लिग फुटबलको अन्तिम खेलमा शानदार जित निकालेको छ ।

गएराति भएको खेलमा सिटीले एभर्टनलाई ५-० गोल अन्तरले पराजित गरेको हो। घरेलु मैदानमा सिटीलाई जित दिलाउन सर्जियो अग्युरोले दुई गोल गरे । यस्तै केभिन डी ब्रुएन, ग्राबियल जिसस र फिल फोडेनले एकरएक गोल गरे । सिटीले उपाधि जित्ने क्रममा ३८ खेलमा ८६ अङ्क जोडेको छ।

दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ३८ खेलबाट ७४ अङ्क छ। एभर्टन भने ५९ अङ्क जोडेर दशौं स्थानमा झरेको छ। जितपछि म्यानचेस्टर सिटीले उपाधिको ट्रफी समेत उचालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here