काठमाडाैं । नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानमा युवा स्पोर्ट्स क्लबकाे आयाेजनामा ५५ औं राष्ट्रिय रक्त सञ्चार दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम साउन १६ गते शनिबार सम्पन्न भएको छ ।
काठमाडौं मरु त्वा: सिन्ह सत: मा आयोजित कार्यक्रममा महिलापुरुष गरि कुल ५५ जना रक्तदाता महानुभावले रक्तदान गर्नु भएको थियो । स्वास्थ सेवा बिभाग टेकूका निर्देशक डाक्टर मनिता राजकर्णिकार, का.म.न.पा वडा नं २३ का वडा अध्यक्ष मचाराजा महर्जन, महानगरीय प्रहरी वृत्त जनसेवाका प्रहरी प्रमुख डिल बहादुर मल्ल, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष एवं रक्तदाता शतक आदरणीय श्री प्रेम सागर कर्माचार्य, नेस्वरस का.म.न.पा २० नगर समितिका अध्यक्ष राम रञ्जित, युवा स्पोर्ट्स क्लबका अध्यक्ष महेन्द्र रत्न शाक्य लगायतले रक्तदान गरेका थिए ।

















