दाङ/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङले तुलसीपुर उपमहानगरलाई ८५ वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ। वडा नम्बर ८ अश्वारामा सञ्चालित मेट्रो अस्पतालको आइसोलेशन उक्त सिलिण्डर प्रदान गरेको हो।
राप्रपा केन्द्रीय सदस्य दामोदर भण्डारीले ‘हामीले पहिलो चरणमा सबै साथी मिलेर ८५ वटा अक्सिजन सिलिण्डर दिएको जनाए।
कोभिड १९ महामारीका कारण अक्सिजन नपाएर धेरैले ज्यान गुमाएका छन्। यस महाविपत्तिमा कोही पनि कोभिडका बिरामीको अक्सिजन अभावमा मृत्यु नहोस् भन्ने तर्फ पार्टी सचेत रहँदै आएको समेत उनले जनाए।
तुलसीपुर क्षेत्रका पोल्ट्री व्यवसायी समितिले अक्सिजन प्लान्ट स्थापनाका लागि सहयोग आर्थिक गरेको छ। आइतबार तुलसीपुर उद्योग वाणिज्य संघमार्फत समितिका अध्यक्ष ताराप्रसाद पौडेलले ५१ हजार सहयोग प्रदान गरेको संघका महासचिव बिनिल केसीले जानकारी दिए।


















