माकेले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने

186

काठमाडौं ।  नेकपा माओवादी केन्द्रले कोभिड संक्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन उत्पादनका लागि ७ वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ।

पार्टीले सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि पर्ने गरी सातै प्रदेशमा १–१ वटा गरी ७ वटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको हो।

माओवादी केन्द्रको केन्दको जेठ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले कोरोना नियन्त्रणका लागि पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्तावमा अक्सिजन प्लान्ट स्थापना गर्ने उल्लेख छ।

यस्तै, देशका विभिन्न ठाउँमा स्थानीयस्तरमै  व्यक्तिगत सुरक्षा कव (पीपीई) उत्पादन गर्ने विषयमा समेत सम्भाव्यता अध्ययन गरिने पनि प्रस्तावमा उल्लेख छ।

माओवादीले देशव्यापी रुपमा (केन्द्र, प्रदेश र स्थानीय तह) स्तरमा कोभिड स्वास्थ्य इकाइ गठन गर्ने पनि प्रस्तावमा उल्लेख छ। इकाइले कोभिड नियन्त्रण गर्नका लागि जनतालाई सूचित गर्न र जनस्वास्थ्यका मापदण्ड लागू गर्न अभिप्रेरित गर्ने जनाइएको छ।

इकाइले विभिन्न जनसंगठनबाट जनशक्ति लिएर आवश्यकताअनुसार स्वयंसेवक टीम गठन गर्ने जनाइएको छ। केन्द्रमा पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा समिति गठन हुने जनाइएको छ।

पार्टीले कोभिड कोष खडा गर्ने समेत स्थायी समितिले पारित गरेको प्रस्तावमा उल्लेख गरिएकाे छ।

माओवादी केन्द्रको प्रस्तावमा कोरोना विरुद्धको खोप प्राप्तीका लागि पार्टीको केन्द्रीय नेतृत्वले कूटनीतिक च्यानलमार्फत पहल गर्ने पनि उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here