काेराेना महामारी बेवास्ता गर्दा टोल–टोलमा संक्रमण

250
FILE PHOTO: Medical workers take care of patients in the emergency room of the Nossa Senhora da Conceicao hospital that is overcrowding because of the coronavirus outbreak, in Porto Alegre, Brazil, March 11, 2021.  REUTERS/Diego Vara/File Photo

काठमाडौं । कोरोना संक्रमित भए पनि लक्षण नदेखिएको भन्दै परीक्षणमा बेवास्ता गर्दा र आइसोलेसनमा नबस्दा गाउँ–टोलमा संक्रमण फैलिएको पाइएको छ। चिकित्सक र स्थानीय तहका प्रतिनिधिहरूको अनुभव पनि यस्तै छ। बागलुङको गलकोट नगरपालिकाका वडाध्यक्ष हिम भण्डारीले गाउँमा संक्रमण फैलिनुको मुख्य कारण लक्षण नभएका संक्रमित व्यक्तिले भेटघाट र हिँडडुल गर्नु रहेको बताए।

लक्षण नभएका वा अलि–अलि लक्षण भएका संक्रमितले आफूलाई कोरोना नभई सामान्य रुघाखोकी लागेको हो भन्ने ठानेर हिँडडुल र भेटघाट गर्दा नगरपालिकाका केही टोलमा संक्रमण फैलिएको पाइएको उनले बताए। ‘संक्रमित तर लक्षण नदेखिएका व्यक्ति गाउँघरमा घुमफिर गरेको देखियो’, उनले भने, ‘टोलै संक्रमित हुनुमा यही कारण देखिन्छ।’

भण्डारीका अनुसार संक्रमित व्यक्तिहरू कडा लक्षण नदेखिने अवधि पाँचरछ दिनसम्म सामाजिक दूरी कायम नगरी घुमफिर गर्दा टोलभरि संक्रमण फैलिएको देखिन्छ। गलकोट नगरपालिकाको वडा नम्बर २ का तोरीखोला, मसाहारा र राम्चेमा संक्रमण फैलिएको उनले बताए।

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका पल्मोनरी तथा वरिष्ठ छातीरोग विशेषज्ञ डा। निरज बमका अनुसार मंगलबार नै ओखलढुंगाको विकट गाउँबाट हेलिकोप्टरमा संक्रमणले सिकिस्त व्यक्तिलाई ल्याइएको छ। अहिले काठमाडौंवासीभन्दा विकट गाउँबाट उपचारमा आउने बिरामीको चाप अस्पतालमा बढिरहेको उनको भनाइ छ।

विकट गाउँमा पिसिआर परीक्षण नहुने र बिरामी रोगले च्यापेपछि मात्र उपचारमा आइपुग्ने गरेको र कतिपयको आउँदाआउँदै मृत्यु भइरहेको उनले बताए। ‘कतिको आकस्मिक कक्षमै मृत्यु हुन्छ,’ डा बमले भने। अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका संक्रमित पनि सिकिस्त भएपछि मात्र उपचार गराउन काठमाडौं आइपुगेका छन्।

विकट गाउँहरूमा अहिले पनि परिवारभित्र मास्क लगाउने, भौतिक दूरी कायम गर्ने जस्ता सामान्य मापदण्ड पनि पालना गरिँदैन। कतिपयलाई यसबारे जानकारी पनि छैन। विकट गाउँमा लक्षणविहीन संक्रमितबाटै टोलभरि संक्रमण फैलिएको डा। बम बताउँछन्। ‘गाउँमा लक्षण नभएका संक्रमितहरूको घुमफिरले संंक्रमण भुसको आगोजस्तै फैलिएको देखिन्छ’, उनले भने।

वीर अस्पतालका वरिष्ठ फिजिसियन डा। धु्रव गैरेका अनुसार गाउँका आइसोलेसन सेन्टरमा उचित हेरचाह नपुग्ने र बिरामी सिकिस्त भएपछि मात्र सहरका ठूला अस्पतालमा आउने गरेका छन्। नागरिक दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here