नाबालिकामाथि बलात्कारको अभियोगमा एक व्यक्तिलाई  नियन्त्रणमा

152

रुपन्देही/कञ्चन गाउँपालिकामा एक नाबालिकामाथि बलात्कारको अभियोगमा प्रहरीले एक व्यक्तिलाई  नियन्त्रणमा लिएको छ। बुद्धनगर सामुदायिक टोलकी चार वर्षीया नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा सोही ठाउँका ५३ वर्षीय हेमलाल गन्धर्वलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घरमा कोही नभएको मौका छोपेर गन्धर्वले जेठ ११ गते दिउँसो बालिकालाई जबर्जस्ती करणी गरेको परिवारको भनाइ छ। बालिकाका आमाबुवा खेतमा काम गर्न गएको मौका छोपेर गन्धर्वले करणी गरेको बालिकाले बयान दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिए।

खेतमा काम गर्न गएका आमाबुवा घरमा आएपछि बालिकाले घटनाबारे जानकारी गराएकी थिइन्। बालिकाको यौनाङ्गमा चोट लागेकाले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार गराइएको छ। करणीको अभियोग लागेका गन्धर्वलाई जबर्जस्ती करणीअन्तर्गत मुद्दा चलाइएको प्रवक्ता थापाले जनाए। -RSS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here