दुर्घटना अभिलेखिकरण एवं न्यूनीकरणको लागि Software संचालन

322

काठमाडाैं – उपत्यका हुने सवारी दुर्घटनाको अभिलेखीकारणका लागि महानगरिय ट्राफिक प्रहरी महाशाखाले Road Accident Information Management System (RAIMS) Softwareप्रयोगमा ल्याएको छ ।

यस महाशाखा तथा यातायत व्यवस्था विभागको सहकार्यमा महाशाखालगायत मातहतका ३३ वटा प्रहरी कार्यालयहरुमा एकै साथ उक्त Software संचालनमा ल्याएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार उक्त Software संचालनसंगै सम्पूर्ण सवारी दुर्घटनाहरू रेकर्ड राखिन्छ र अभिलेखीकरण गरिएका तथ्याङ्कहरुलाई विज्ञ सहितकोटीमलेतथ्याङ्क विश्लेषणगरेरदुर्घटनाका कारण, बढी दुर्घटना हुने स्थान, सवारीको अवस्था लगायत अन्य कारणहरुको समेत निक्यौल गरि सोको व्यवस्थापनका लागि अल्पकालीन तथा दीर्घकालीन योजनाहरु तर्जुमा गरि लागू गर्न टेवा पुग्ने छ ।

दुर्घटना अभिलेख व्यवस्थापनमा ट्राफिक प्रहरीले यस पूर्व पनि विभागबाट उपलब्ध गराईएको Tablet प्रयोग गरिदै आएको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिनुभयो । उनले भने –“हालै मात्र सो कार्यलाई अझ बढी प्रभावकारी बनाई कार्यसम्पादनमा सरलता एवं सहजताको लागि यातायात व्यवस्था विभागबाट दुर्घटना अभिलेखीकरणका लागिमहाशाखालाई ३४ थान मोबाईल सेट उपलब्ध गराईएको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here