प्रहरीलाई आर्थिक प्रलोभनमा पार्ने खोज्ने नियन्त्रणमा

169

काठमाडाैं – महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले भक्तपुर चागुनारायण नगरपालिका-२ दुवाकोट मोडमा दुवाकोटबाट सल्लाघारी जादै गरेको बा ४ ख ३४५१ नम्बरको बालुवा लोड भएको मिनि ट्रक चालक जिल्ला खोटाङ घर भई हाल दुवाकोट बस्ने बर्ष २४ को सुजन थापालाई पक्राउ गरेको छ । यही फाल्गुन २२ गते बिहान दुवाकोट मोडमा चेक जाँचको क्रममा मिति नभएको बिल भएकोले आवश्यक सोधपुछ गर्दा उक्त ट्रक चालक सुजन थापाले प्रहरीलाई नगद रू २ हजार दिई आर्थिक प्रलोभनमा पारी कारवाहीबाट बच्न खोजेका थिए । नगद सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here