पूर्वसांसद रत्न प्रसाद शर्माको निधन

234

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद रत्न प्रसाद शर्मा न्यौपानेको निधन भएको छ । शर्माको गएराति उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमणपछि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेलाई निमोनियाँले सताएपछि उनको निधन भएको  हाे । अत्यन्तै सरल स्वभावका न्यौपाने २०५६ सालको आम निर्वाचनमा जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा नेकपा निर्वाचित भएका थिए ।  उनी एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here