मिया र रिजालको बयान बयान सकिएपछि वकिललाई बुझाउने तयारी

24

काठमाडौं ।  भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकसँग पैसा असुलेर भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमशेर मिया र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको बयान गर्न लागिएको छ।

बिहीबार पक्राउ परेका यी दुबै जनालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लैजान लागिएको प्रहरीले जनाएको छ। उनीहरुको बयान सकिएपछि मात्रै प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ।

बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले मियालाई सिंहदरबार भित्रबाट पक्राउ गरेको थियो भने रिजाललाई झापामा पक्राउ गरेर काठमाडौं ल्याइएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी प्रकरणमा उनीहरुको संलग्नता देखिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। पक्राउ परेका दुबै जनालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद दिएको थियो।

यो ठगी प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जना पक्राउ गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here