हुर्किएकी छोरीलाई आमाहरूले पक्कै पनि कतै नबहकियोस् भनेर होशियारी अपनाउने गर्छन् तर एकजना यस्ती आमा फेला परेकी छिन् जसले छोरी बिग्रेली भनेर रेखदेख पु¥याउन त टाढाको कुरा उल्टै आफ्नी छोरीलाई घरबेटीको छोराको विस्तरामा सुत्न पठाउने गरेको खुलासा भएको छ । यस्तो घटना हाम्रो देश नेपालभित्रै भएको हो । सुन्दै आश्चर्य लाग्ने यस्तो घटना राजधानी उपत्यकाको ललितपुर जिल्लामा भएको खुलासा गरिएको छ । मामला बढ्दै गएपछि अहिले जिल्ला प्रशासन कार्यालय ललितपुरमा २० करोडको सौदाबाजी चलिरहेको छ ।
यस्तो घटनामा एक जना दिवंगत, सादगी र निष्कलंकित नेताको नाम अनाहकमा मुछिने भयो भनी केही एमाले नेता महिलाको पक्षमा लागेका छन् । तर, कुरो खेल्दै जाँदा कामरेडहरूको भागाभाग चलेको छ । यसरी अनाहकमा नाम जोडिन पुगेको छ, मनमोहन प्रतिष्ठानको । -जनधारणा साप्ताहिक

















