काठमाडौं/ एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ वर्ष पार गरी २०आंै वर्षमा प्रवेश गरेको छ । मोरङ जिल्ला, विराटनगर महानगरपालिकामा १९ वर्षअघि रजिष्टर्ड कार्यालयको स्थापना गरी २०५५ मा एक क्षेत्रीय बैंकको रूपमा नेपाल इण्डष्ट्रियल एण्ड कमर्सियल बंैक लि. को नाममा यस बैंकले आफ्नो सेवा प्रारम्भ गरेको थियो । बैंकले २०६४ मा स्थापित तत्कालीन बंैक अफ एशिया नेपाल लिमिटेडसँग गाभिई एनआईसी एशिया बंैक लिमिटेडको रूपमा नेपालको बंैकिङ क्षेत्रमा एक स्थापित एवं सक्षम बैंकको रूपमा आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
‘बैंक पनि साथी पनि’ भन्ने मूलमन्त्रका साथ अघि बढिरहेको बैंकले नेपालको ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त पहँुच अभिवृद्धि गर्दै हालसम्म १ सय १९ वटा शाखा कार्यालयहरू, ४ विस्तारित काउण्टरहरू, ७० एटीएम तथा चार हजार रेमिट्यान्स काउण्टरहरूलगायतको सञ्जालमार्फत आफ्ना सेवाहरू प्रदान गरिरहेको छ ।

















