टेलिकमको डाटा प्याकेज अब वेबसाइटबाटै

291

काठमाडौं/ नेपाल टेलिकमले प्रदान गर्दै आएका विभिन्न डाटा प्याकेज अब वेबसाइटमार्फत खरीद गर्न सकिने भएको छ । डाटा खरीदका लागि नेपाल टेलिकमको अफर डट एनटीसी डट एनईटी डट एनपीमा लगअन गर्नुपर्छ । आफूले प्रयोग गर्ने जीएसएम वा सीडीएमए मोबाइलका विभिन्न डाटा प्याकेज वेबसाइटमार्फत छनोट गर्न सकिने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विभिन्न डाटा प्याकेजको मूल्य र समयावधिसमेत वेबसाइटमार्फत हेर्न सकिने टेलिकमले जानकारी दिएको छ । टेलिकमका अनुसार वेबसाइटमार्फत सेवा लिन ग्राहकले आफ्नो मोबाइल नम्बर र पीयूके नम्बर राख्नुपर्छ । पीयूके नम्बर १४१५ मा एसएमएस गरी थाहा पाउन सकिन्छ ।
सबै विवरण भरेर बाई डाटा प्याक बटन थिचेपछि ग्राहकको मोबाइलमा आवश्यक डाटा प्याकेज उपलब्ध हुने टेलिकमले जानकारी दिएको छ । डाटा प्याकेज लिन मोबाइलमा आवश्यक ब्यालेन्स भने हुनुपर्ने टेलिकमले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here