मेगा बैंकको चुक्ता पुँजी नौ अर्ब नाघ्ने

186

काठमाडौं/ मेगा बैंकले चालू आर्थिक वर्षमा २० वटा नयाँ शाखाहरू खोल्ने जनाएको छ । सातौं वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले स्थानीय निकायको चुनावले आर्थिक सम्भावनाका धेरै ढोका खोलेको भन्दै बैंकले नयाँ नगरपालिका र गाउँपालिकामा शाखा विस्तार गर्ने तयारी भइरहेको जानकारी गराउनु भयो । शाहले बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिए पनि बितेको वर्ष मेगा बैंकले राम्रो मुनाफा आर्जन गर्न सकेको जानकारी पनि गराउनु भयो ।
स्थापनाका पहिलो वर्षदेखि नै मेगा बैंकले नाफा आर्जन गरेको जनाउँदै आगामी वर्षदेखि मेगाको मुनाफा झनै बढ्ने दाबी शाहको थियो । सेयरधनीलाई ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै छिट्टै प्रतिसेयर एक सय रुपियाँका दरले दुई अर्ब ९७ लाख ८५ लाख तीन हजार ४ स ३३ रूपैयाँ बराबरको दुई करोड ९७ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्न लागेको जानकारी पनि शाहले गराउनु भयो ।
बैंकका अध्यक्ष भोजबहादुर शाहले संघीय संरचना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने जानकारी गराउनु भयो । प्रदेश नम्बर ५ को बुटवलबाट सो कार्यको सुरुवात भइसकेको जानकारी उहाँले गराउनु भयो । टुरिज्म डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया जारी रहेको भन्दै टुरिज्मसँगको मर्जरपछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंक हुने बैंकको दाबी रहेको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी नौ अर्बभन्दा बढी हुने जनाइएको छ । चालू आर्थिक वर्षमा नै टुरिज्मसँगको मर्जर प्रक्रिया सकिने अध्यक्ष शाहले जानकारी गराउनु भयो ।
बैंकका ४७ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टर, ५० वटा एटीएम सञ्जाल छन् भने देशका ५८ वटा स्थानबाट अत्यधुनिक शाखारहित बंैककिङ सेवा प्रदान गरिरहेको यस बैंकले करिब १५ सय स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here