साताकाे पहिलाे दिन सुनकाे भाउ घट्याे

67

काठमाडौं । असार लागेदेखि सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। असार लागेपछि नै सुनको भाउ तोलामा ३ हजार २०० रुपैयाँले घटेको छ भने चाँदीको पनि तोलामा ७५ रुपैयाँले घटेको छ।

आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here