संसारकै महँगो विवाहकाे रूपमा चिनिने भेनिस !

18

काठमाडौं । संसारकै महँगो विवाहले इटलीको भेनिस सहर चम्किएको छ। जेफ बेजोस र लोरेन सान्चेजको विवाह समारोहका लागि इटलीको भेनिस सहरलाई चम्काइएको हो।

विवाह स्थल ऐतिहासिक ठाउँमा विश्वप्रसिद्ध सेलिब्रेटीहरू उपस्थित भएका छन्। बिहीबार अरलान्डो ब्लुम, टम ब्र्याडी, किम कार्दाशियन, लिओनार्दो डिक्याप्रियो, काइली जेनरलगायतका सेलिब्रिटी भेनिसका विभिन्न भव्य होटलबाट पानी जहाज (वाटर ट्याक्सी) चढ्दै विवाहको समारोहतर्फ लागेका छन्।
अमेरिकी अर्बपति जेफ बेजोस र लउरेन सान्चेजको विवाहमा करिब २०० पाहुना सहभागी हुने छन् भने ५५.६ मिलियन डलर खर्चमा विवाह उत्सव मनाइने छ। यसबाट ३५.१ मिलियन डलर नाफा हुने पनि अपेक्षा गरिएको छ।

बिहीबार राति उनीहरूले म्याडोना डेल’ओर्टो चर्चको छेउको एक बन्द गुम्बजमा स्वागत समारोहको आयोजना गरेका थिए।

झन्डै ३० वटा डुंगा सवारीमा अतिथि समारोहस्थलमा पुगेका थिए। प्रसिद्ध नेपोलिटन शेफले तयार गर्ने पिज्जा अतिथिलाई त्यही स्थलमा खुवाइने जनाइएको छ।

विवाह बिहीबार सुरुदेखि शनिबारसम्म चल्ने अनुमान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here