सरकारमाथि राष्ट्रिय पुनर्जागरण अभियानको गम्भीर आरोप

297

काठमाडौं / राष्ट्रिय पुनर्जागरण अभियान नेपालले नेपाल सरकारका पछिल्ला गतिविधिहरु राष्ट्र र जनता विरुद्ध भइरहेको ठहर गरेको छ । ०७६ असार २१ गते शनिवारका दिन अभियानको केन्द्रीय कार्यालय काठमाडौंमा अध्यक्ष अनारसिंह कार्कीको अध्यक्षतामा सम्पन्न अभियानको केन्द्रीय कार्यसमितिको विशेष बैठकले यस्तो निर्णय गरेको प्रवक्ता निमकान्त पाण्डेद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

बैठकले नेपाल सरकारद्धारा भइरहेका राष्ट्रघाती क्रियाकलापका बारेमा छलफल गरी सरकारलाई आफ्नो व्यवहार सच्याउन आग्रह गर्ने निर्णयसमेत गरेको विज्ञप्तीमा जनाइएको छ । हालै मात्र विषादीयुक्त तरकारी र फलफुल लोड गरिएका ट्रकहरु विना जाँच भारतबाट आयात गर्ने सन्र्दभमा सरकारले लिएको पछिल्लो निर्णय गैरजिम्मेवार र जनविरोधी भएको भन्दै जनताको स्वास्थ्यप्रति गम्भीर खेलवाड गर्ने यस्तो निर्णय गम्भीर राष्ट्रघातसमेत भएको ठहर बैठकले गरेको विज्ञप्तीमा जनाइएको छ ।

बैठकमा कार्यकारी संयोजक भरत दाहालले पछिल्ला केही दिनहरु यता भइरहेका सरकारका राष्ट्रघाती क्रियाकलापहरुका बारेमा विस्तृत चर्चा गर्नु भएको र महासचिव रामबहादुर थापाले अभियानको संगठन विस्तारबारे प्रगति विवरण जानकारी गराउनु भएको थियो । बैठकमा उपस्थित पदाधिकारी र सबै कन्द्रीय सदस्यहरुले आ—आफ्नो धारणा राख्नु भएको विज्ञप्तीमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here