नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

34

काठमाडौ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार ७२ दशमलब २४ मा सीमित भएको छ ।

यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २५ अङ्कले उकालो लागेर तीन सय ८८ दशमलव ८६ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लाग्दा नौ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

आजको कारोबारमा विभिन्न कम्पनीका कूल ७९ लाख ८८ हजार नौ सय ८६ कित्ता शेयर  दुई अर्ब ८५ करोड ९४ लाख ९० हजार चार सय ९० मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । कम्पनीको  १२ करोड ७८ लाख १३ हजार सात सय १९ बराबरको कारोबार भएको छ ।

शिवम् सिमेन्ट  १२ करोड ५४ लाख ३९ हजार चार सय नौ, सोल्टी होटल  १० करोड ६७ लाख ६५ हजार चार सय आठ, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक  छ करोड ६१ लाख ५८ हजार नौ सय ३४ र मञ्जुश्री फाइनान्स  छ करोड ५६ लाख सात हजार छ सय ८० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार हिमालयन पावर पार्टनर, एनआइबीएल समृद्धि फण्ड पहिलोको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, रावा इनर्जी दशमलब ९८, लिवर्टी इनर्जी नौ दशमलब ६४ र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य नौ दशमलव २४ प्रतिशतले बढेको छ ।

यस्तै, सिङ्गटी हाइड्रो पाँच दशमलब ९६, श्वेतगङ्गा हाइड्रोपावर पाँच दशमलब ६९, मन्दाकिनी हाइड्रोपावर पाँच दशमलब १४, इस्टर्न हाइड्रोपावर चार दशमलब ६२ र माथिल्लो हेवा खोलाको शेयर मूल्य तीन दशमलव ८५ प्रतिशतले घटेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here