आफ्नै पार्टीविरुद्धको गतिविधिमा इतिहासमा अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको प्रधानमन्त्री ओलीको दाबी

138

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी ओलीले आफ्नै पार्टीविरुद्धको गतिविधिमा लाग्नु इतिहासमा अहिलेसम्म नभएको अनुशासनहिन कार्य भएको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै पार्टी विभाजन गर्न र आफ्नै पार्टीको नेतृत्वको सरकारविरुद्ध गठबन्धन गर्ने लगायतको कामप्रति असन्तुष्टि पोख्दै यसो जनाएका हुँन् ।

तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा प्रधानमन्त्री ओलीले महिला हक, अधिकारका आन्दोलनमा संघर्ष गर्नुभएको सबैमा सम्मान व्यक्त  गरे । जहाँ न्याय हुँदैन, त्यहाँ समानता हुन नसक्ने जनाउनुहुदै, उनँले आज पनि समानताको कुरा गर्दा कतिपयले कान टक्टकाउने गर्ने गरेको जनाए ।

अरुलाई अनावश्यक कुरा बोल्ने जस्ता कु–संस्कार समाजका लागि हानिकारक रहेको प्रधानमन्त्री ओलीले जनाए । यसका लागि सामाजिक, आर्थिक र वैचारिक परिवर्तन हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here