थाइल्याण्डबाट स्वास्थ्य सामग्री नेपाल आइपुग्याे

164

काठमाडौं । थाइल्याण्डका राजपरिवारले कोरोना महामारीविरुद्ध लड्न नेपाललाई सहयोग गरेको स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ ।

स्वास्थ्य सामग्री लिएर थाइ एयर फोर्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो ।

थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पीपीई गाउन ११ हजार ५२० थान, पीपीई लेग कभर १० हजार जोडी, पीपीई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान सहयोग गरेको छ ।

त्रिभुवन विमानस्थलमा आयोजित एक समारोहकाबीच नेपालका लागि थाइ राजदूत भोषिता भोरासाफले स्वास्थ तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई ती सामग्री हस्तान्तरण गरे । विमानस्थलमा आयोजित छोटो समारोहमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको उपस्थिति थियो ।

थाइल्यान्डकाका राजा महाभजिरालोङ्कर्नले नेपाललाई शनिबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

थाइ एयर फोर्सको कार्यालयमा आयोजित समारोहमा राजाको तर्फबाट काउन्सिलर चिरायू इस्र्काङ्न ना आयुथायाले नेपाली राजदूत गणेशप्रसाद ढकाललाई सामग्री प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here