बालुवाटारमा साँझ ५ बजे एमाले स्थायी कमिटी बैठक

87

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक साँझ ५ बजे बालुवाटारमा बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभएको छ ।

यसअघि एमालेले एमाले नेता माधवकुमार नेपाल पक्षका ११ जना सदस्यलाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गरेको थियो भने थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो ।

यही अवस्थामा पार्टीको आन्तरिक छलफल तथा समसामयिक विषयमा स्थायी कमिटी बैठकमा छलफल गरिने तामाङले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here