विवेकशील साझाकाे राहत वितरण

236

काठमाडौं । सरकारले लगाएकाे निषेधाज्ञालाई ध्यानमा राखी “रोग र भोकमा, विवेकशील साझा नागरिकको साथ” भन्ने नाराका साथ गत जेष्ठ ५ गते देखि १२ गतेसम्म खाधान्न वितरण गरेका छन् ।

तपाईं हामी सजग अनि सचेत भई मानवीय सेवामा सहकार्य गरौं हेतुले   उपत्यकाका तीन जिल्ला तथा काभ्रेपलाञ्चाकको पनौती नगरपालिकाका अति विपन्न, दैनिक ज्यालादारी काम गर्ने, मजदुर, श्रमिक, अशक्त  ९०१ जनालाई राहत वितरण गरिएको विवेकशील साझा पार्टी बाग्मती प्रदेश समिती सदस्य एवम् सम्पदा तथा बातावरण बिभागिय प्रमुख सुमित दास रञ्जितले जनाए ।

उनका अनुसार  यस कोरोना कहर निषेधाज्ञामा सरकारले गर्नु पर्ने कार्य आफूहरुले पनि मानवीय कार्यमा जोखिम मोलेर समाज सेवा गर्न पाउँदा गर्भ महशुस भएकोले आउँदा दिनमा निरन्तरता दिने जनाए ।

रञ्जु दर्शनाकाे संयाेजकत्वमा सुरेन्द्र बहादुर रानाभात, सुरेन्द्र बहादुर रानाभात, कपिल कर्माचार्य, भुसन श्रेष्ठ , रमेश धमला, रन्जन कार्की, बिनोद राजभण्डारी, रुपक श्रेष्ठकाे सहभाागी थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here