मधेश प्रदेश प्रमुख सुवेदी पदमुक्त

18

काठमाडौैं । रातारात होटलमा मुख्यमन्त्री नियुक्त गर्ने र सपथग्रहणसमेत गराउने मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार उनलाई पदमुक्त गरेका हुन्। मन्त्रिपरिषद् बैठकले उनलाई सोमबार पदमुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६५ को उपधार १ (ख) बमोजिम मधेश प्रमुख सुवेदीलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

आइतबार राती मधेश प्रदेश प्रमुख सुवेदीले महोत्तरी र सिन्धुलीको सिमानामा पर्ने एक होटलमा नेकपा एमालेका नेता सरोज कुमार यादवलाई संविधानको धारा १६८ को उपधारा ३ बमाेजिम ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

संविधानको धारा १६८को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त गर्ने अवस्था हुँदा हुँदै पनि उनले संविधानको उल्लङ्घन गर्दै आफू निकटकाे पार्टी नेतालाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै विरोध भएको थियो।

सरकारले सुवेदीलाई पदबाट हटाउँदै उनको स्थानमा सुरेन्द्र लाभ कर्णलाई प्रदेश प्रमुखमा नियुक्त गर्न सिफारिस गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here