मंगलबार पनि घट्यो सेयर बजार

84
काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार दोस्रो दिन घटेको छ । आइतबार बढेको बजार सोमबार र मंगलबार भने ओरालो लागेको हो । मंगलबार १५.०२ अंकले घटेको बजार २३७०.९९ विन्दुमा झरेर बन्द भएको छ ।

मंगलबार कुल २२८ कम्पनीको २५ हजार ७ सय ६६ वटा कारोबारबाट ३४ लाख १९ हजार २२८ कित्ता शेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम भने झरेको छ ।
मंगलबार मात्र १ अर्ब ४ करोड ६० लाख १४ हजार ४१७ रुपैयाँको मात्र कारोबार भएको छ । मंगलबार उत्पादन तथा प्रशोधन र म्यूचअल फण्ड उपसमूहको मात्र मूल्य बढेको छ । अरु उपसमूह भने राताम्य रहे ।

मंगलबार जाल्पा साुमदायिक लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेर ९४४.४० रुपैयाँ पुगेको छ । एनआइबीएल समृद्धि फण्डको ५.०६, किरण लघुवित्त वित्तीय संस्थाको ४.०२ प्रतिशतले शेयर मूल्य बढ्यो ।

मंगलबार हिमालयन पावर पार्टनरको शेयर मूल्य सबैभन्दा धेरै ५.४१ प्रतिशतले घटेर ४२० रुपैयाँमा झरेको छ । मल्टिप्रपोज फाइनान्स कम्पनी, यूनाइटेड आईडीआई मार्दी, माहुलि लघुवित्त वित्तीय संस्थासहितका कम्पनीको मूल्य भने बढी घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here