आज कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्दै

79

काठमाडौं । सरकारले ल्याएको बजेटबारे प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।

कांग्रेसले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७८–७९ को आय व्ययको विवरण माथि धारणा सार्वजनिक गर्न सोमबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।

दिउँसो २ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिएका छन्।

सरकारले शनिबार आगामी वर्षका लागि १६ खर्ब ४७ अर्ब ५५ करोडको बजेट प्रस्तुत गरेको थियो। कांग्रेसका नेताहरुले कामचलाउ सरकारले पूर्ण ल्याएको भन्दै त्यसको विरोध गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here