नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुग्यो

179

काठमाडौं/इराकसँग मैत्रीपूर्ण खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली कुवेत पुगेको छ। सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलका लागि नेपाली टिम आइतबार राति कुवेत पुगेको हो।

नेपाली टिम इराकबाट स्थलमार्ग हुँदै कुवेत गएका हुन्। उनीहरुको कुवेत पुगे लगत्तै नेपाली टिम कोरोना भाईरसको पीसीआर टेष्ट गरिएको छ।

कुवेतमा नेपाली टिमले तीन खेल खेल्नेछ। जसमा पहिलो खेल जुन तीन चाइनिज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

समूह ‘बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सम्भावना बाँकी नै छ। बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना रहेको छ। नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ।

विश्वकप छनोटको तयारीका लागि नेपालले शनिबार फिफा वरीयतामा १ सय ३ औं स्थान माथिको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त खेलमा नेपाल इराकसँग ६–२ गोल अन्तरले पराजित भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here