सर्वोच्चले दोस्रो खाेप मात्रा व्यवस्था गर्न अन्तरिम आदेश

120

काठमाडौं । कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका कानुन व्यवसायीका लागि यथाशीघ्र दोस्रो मात्रा लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ ।

न्यायाधीशहरू सुष्मालता माथेमाको एकल इजलासले पहिलो मात्रा खोप लगाइसकेका, तर दोस्रो खोप लगाउन नपाएका कानुन व्यवसायीलाई यथाशीघ्र दोस्रो खोप लगाउने व्यवस्था गर्न मंगलबार सरकारको नाममा अन्तरिम आदेश दिएको हो ।अधिवक्ता उमेश प्रसादले पहिलो खोप लगाएका कानुन व्यवसायीहरूलाई यथाशीघ्र दोस्रो खोप लगाउने व्यवस्था गर्न आदेशको माग गद सर्वोच्चमा दायर गरेको रिट निवेदनमा सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।

पहिलो डोज खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने विश्व स्वास्थ्य संगठनको मान्यता रहेको स्मरण गराउँदै सर्वोच्चले सो अवधि पुग्न लागेका कानुन व्यवसायीहरूलाई यथाशीघ्र दोस्रो खोपको व्यवस्था गर्न र व्यवस्था नगर्नुको कारण १५ दिनभित्र पेस गर्न अन्तरिम आदेश दिएको हो । नेपाल समाचारपत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here