नयाँ पार्टी खोल्न ढिला गर्नु हुँदैन : नेता खना

120

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने जनाएका छन् ।

आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका हुन् । ‘केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसके अब मिल्न सकिदैन,’ भर्चुअल बैठकमा खनालको भनाई उदृत गर्दै एक नेताले भने,‘नयाँ पार्टी खोल्न ढिला गर्न हुन्न ।’ अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा समय खर्चिएका खनालले साहसका साथ बढ्नुपर्ने जनाए । अहिले आत्तिने बेला नभएको र जोस जाँगरका साथ बढ्ने बेला भएको बताए । आफूहरुको समूहमा कम्युनिस्ट आन्दोलनका सच्चा नेता कार्यकर्ता रहेको समेत जनाए ।

अहिले समूह सानो भएपनि भविष्यमा राम्रो कार्यक्रम र एजेन्डाका साथ फैलन बताए । विगतमा पनि आफूहरुले सानो समूह हुँदै देशकै ठूलो दल बनाएको अनुभव सुनाए । ओलीसँग कुनै हालतमा सम्झौता गर्न नहुनेमा खनालको जोड थियो । ओलीले अलमलाउने मात्र गर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here