प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएकाे स्थायी समिति बैठक स्थगित

143
काठमाडौं ।  नेकपा (एमाले) स्थायी समितिको आज बस्‍ने भनिएको बैठक स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह चार बजे बस्‍ने भनिएको बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । स्थगित भएको बैठक कहिले बस्‍ने नतोकिएको उनले बताए ।

सचिव तामाङले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगन गरिएको बताए । बैठकबारे थप आन्तरिक गृहकार्य गर्नुपरेकाले स्थगित गरिएको उनले बताए । स्थायी समिति बैठक यसअघि पनि बोलाएर पटक-पटक स्थगित हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here