मदिरा व्यवसायी महासंघद्वारा स्वास्थ्य सामग्री सहयोग

185

काठमाडौं/नेपाल मदिरा व्यवसायी महासंघले विकट तथा दुर्गम क्षेत्रमा कार्यरत पत्रकारका लागि स्वास्थ्य सामाग्री प्रदान गरेको छ।

महासंघले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमार्फत उक्त सामग्री प्रदान गरेको हो। नेपाल मदिरा ब्यवसायी महासंघका अध्यक्ष सोनाम शेर्पाले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्ररेललाई बिहीबार १० हजार माक्स र एक हजार सेनिटाइजर हस्तान्तरण गरेका छन्।

मदिरा महासंघका अध्यक्षले विकट तथा दुर्गम क्षेत्रमा रहेका पत्रकार स्वास्थ्य सामग्रीहरुको अभावमा जोखिम बढ्न सक्ने भएकाले उक्त सहयोग गरिएको जनाए।

विभिन्न संकटमा मानवीय सेवा र सहयोग गर्दै आएको बताउदै शेर्पाले आगामी दिनमा पनि नेपाल पत्रकार महासंघसँग सहकार्य गर्ने प्रतिवद्धता जनाए। स्वास्थ्य सामाग्री सहयोग गरेकोमा नेपाल पत्रकार महासंघले मदिरा ब्यवसायी महासंघलाई धन्यवाद दिएको छ।

महासंघले स्वास्थ्य सामग्री कोरोना महामारीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारलाई प्रदान गरिने जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here