-लेखराज रेग्मी
कमरेड अध्यक्ष र कार्यालयबाट पार्टी निर्माणको सवालमा कार्यकर्ता समक्ष सुझाव लेखि पठाउने निर्देशन जारी भएको जानकारी आयो ।अत्यन्तै खुशी लाग्यो ।अवरुद्ध संवाद एकतर्फि भएपनि खुलेकोमा पालुङटार वैठक (भेला) पश्चात पुनः जनवादी अभ्यासमा सहभागी हुनपाउनुलाई आफ्नो सौभाग्य ठानेको छु ।
जनयुद्ध जनआन्दोलनका बिबिध अभ्यास सहित जनताले अद्धितिय सौर्य प्रदर्शन गरेपछि देश गणतन्त्र नेपाल बनेको र संविधानका लिखत अभ्यासका सन्दर्भमा समानुपातिक समावेशी आंशिक अभ्यास र भौगोलिकतामा आधारित संघीय संरचना र तीन तहको राजनैतिक बिभाजनको अभ्यासमा छौं।पूर्ण र सारमा यो बास्तविक संघिय समावेशी राज्य वन्दैन र यसले हामीलाई संकुचन र बिभाजनको अभ्यासमा लागिरहेको छ ।वास्तवमै जनताले जनवादको उच्चतम अभ्यास गर्न पाउनेगरी राज्यको पुनरसंरचना हुने अपेक्षा थियो । वर्गिय अधारमा किसान मजदुरले खुला प्रतिष्पर्धाबाट आफ्ना प्रतिनिधि चुन्न पाउने व्यवस्था सहितको संसदमा प्रतिनिधित्वको राजनैतिक अधिकार पाउनु पर्ने थियो, हुन सकेन ।मजदुर वर्गलाई नेतत्वदायी र किसान वर्गलाई आधारभूत वर्ग स्विकार्ने तार्किक पद्धतिका पक्षपाती भनिनेहरुको करिव पैसठ्ठी प्रतिशत प्रतिनिधित्व रहेको संविधान सभा कसरी मजदुर किसानलाई प्रतिनिधित्व दिनवाट चुक्यो ? हाम्रो प्रतिनिधित्वको वर्गिय हैसियत के रह्यो? यो सवालको बस्तुनिष्ठ उत्तरको खोजी थालियो भने यसले हाम्रो सपाट संगठनको वर्गियता अनुकुल छेउकुना काट्न र जोड्न सहयोग हुने छ ।
यस संदर्भमा म कमरेड लिलामणिले उठाउनुभएका र सार्वजनिक गर्नुभएका बिषयहरु हाललाई ठीकै छन् भन्ने नै लागेको छ । हामीले सर्वहारावर्गको नाममा एउटा निम्नपूजिवादी सीमा भित्रको जुझारु र क्रान्तिकारी पार्टी बनायौं र चलायौं, त्यसैकारण पटक पटक नेपाली कम्युनिष्ट आन्दोलन बाम तथा दक्षिणपन्थी अवसरवादको सिकार हुने गरेको छ ।अवको कार्यक्रम (अधिकतम र न्युनतम ),कार्यदिशा ,नीति र योजनामा औद्योगिक मजदुरलाई केन्द्रविन्दुमा राखेर जानुको विकल्प छैन । यसरी हामी लेनिनको समाजवाद (सामुहिक स्वामित्व ) स्तालिनको अधिनायकवाद र माओको सांस्कृतिक क्रान्तिलाई शास्त्रिय मार्क्सवादी वर्गिय दृष्टिकोणका अधारमा अभ्यास गर्न सकिएन भने मार्क्सले इन्कार गरेको मार्क्सवाद वाहेक केही अभ्यास गरिरहेका हुनेछैनौ । मेरोप्रश्न नियतमा होइन हामीले गुजारेको पौने सताब्दी र हाम्रो आन्दोलनको नियतिमाथि हो ।
बुर्जुवा संसदको चुनाव र सर्वहारावर्गिय सत्ता प्राप्तिको कतै मेल छैन ।त्यसैले कुन अवस्थामा कुन प्राप्तिको लागि कुन सर्तमा कहिलेसम्म सर्वहारावर्ग संसदीय चुनाव र बुर्जुवा संसदको उपयोग गर्नेछ भन्ने स्पष्टताको आवश्यकता छ । निर्वाचनवाटै समाजवादमा पुग्ने भनेको बुर्जुवावर्गलाई समाजवाद ट्रेडमार्कको रुपमा प्रयोगको लागि सघाउनु बाहेक केही हुँदैन ।
लेनिनवादी संगठनात्मक सिद्धान्त प्रतिका प्रतिवद्धता धेरै सुनिएको छ ।तर अन्तरवस्तुको भ्रुणहत्या गर्दै ,बुर्जुवा संगठनात्मक सिद्धान्तमा झारिसकेपछि लेनिनवादी संगठन नै रहदैन ।सर्वहारा जनवादको जगमा बिचारधारात्मक केन्द्रियताको अभ्याससंगै संगठनात्मक नियमहरुको कार्यान्वयन मात्र जीवन्त हुनसक्छ ।सामुहिक नेतृत्व र ब्यक्तिगत जिम्मेवारी (जवाफदेहिता )समान ढंगले लागु हुन्छ ।हामीले यस्तो अभ्यास गरेका छौं र लुज गर्दा सबैतिर गडवडि भएका आफ्नै अनुभव छन् पनि । ध्यान दिनु पर्ने अर्को बिषय यो पनि होला ।नीतिप्रतिको समर्थन तथा लेवी बुर्जुवा मास पार्टीले पनि ब्यवस्थित गरेकाछन् ।निश्चित कमिटीमा वसेर जनवादी केन्द्रियताको अभ्यास काडरवेश पार्टीको पहिचान हो । लेनिनवादी संगठन काडरवेस मिलिटेन्सी हो ।दोहोरो सदश्यताप्रणाली , भद्दा कमिटी र कमिटीमेम्वर निर्णय प्रकृयामा संलग्न रहन नपाउने स्थिति यी यस्ता तीन खेलाडी हुन्, जसले होलो, खुकुलो, पेट्टिबुर्जुवा संगठन र नेतृत्व त पैदा गर्ला , तर न कम्युनिष्ट पार्टी बनाउँछ न त कम्युनिष्ट आन्दोलनलाई आवश्यक कार्यकर्ता उत्पादन गर्नसक्छन् ।यो बिनाशको अभ्यास रोक्ने वा माओवादी ट्रेडमार्कको अर्को एमाले वनाउने भन्ने छनोट नै नेतृत्वको प्राथमिकतामा पर्छ ।यसले एकपटक संगठन घट्नसक्छ ,मत नमिल्नेहरु ढोका थुनेर वा पूजा गरेर राख्दापनि संगै रहदैनन् ।तर अनिर्णयकोबन्दी बन्नु भनेको भरपर्दा असल कार्यकर्ता गुमाउनु हो ।
बृहद कम्युनिष्ट एकताको कुरा उठेको छ , यो आवश्यक छ र राम्रो कुरा पनि हो ।यो आफ्नो पंक्तिलाई अलमल्याउन उठाइएको हो भने यसले झन् ठुलो क्षति निम्त्याउने छ । बिगतका यस्ता अभ्यासहरुका परिणाम पनि यस्तै छन् । म बृहद कम्युनिष्ट एकताको पक्षमा छु र यो संभव पनि छ । तर हाम्रा मनोविज्ञानले बृहद एकता सहज पचाउँदैन ।चालिसको बिभाजनमा गोरखपुर सम्मेलनसम्मै पुगेर क. लामाले फुटवाट पार्टी जोगाउन पहल गरेका थिए ।त्यस्तै अहिले पनि हाम्रो हिस्सा एकीकृत रहन सकेन ।छत्तिसदेखि हालसम्मका एकता र बिभाजन हेर्दा हामी एकता जोगाइराख्न कमजोर देखिएका छौँ ।आत्मसमिक्षा आवश्यक छ ।मेरो सुझाव छ -एकपटक सशक्त बैचारिक संघर्ष सहित एउटै पार्टीमा रहन सबलाई अपिल गरौँ। औपचारिक निर्णयको कार्यान्वयनमा एकरुपतासहित स्पष्ट राजनैतिक बैचारिक मतका आधारमा वैचारिक ध्रुविकरणको स्वायत्तालाई अभ्यास गर्ने र गर्न पाउने अधिकारको सुनिश्चितता सहित सबै कम्युनिष्ट धाराहरु एकैथलोमा रहने चाँजो मिलाउन छलफल प्रारम्भ गरौँ ।सर्वसम्मत बिधि र नेतृत्व निर्माणपछि वहसका आन्तरिक र खुला प्रकृया सुरुवात गरौँ । हेक्का रहोस औपचारिक निर्णय कार्यान्वयन लाई अनिवार्य गर्ने र इमान्दारिता अपनाउने सवालले नै एकतालाई जोगाउने छ ।मुक्त छलफलले भावनात्मक एकता पैदा गर्नेछ , सामुहिक निर्णयको अभ्यासले केन्द्रियतालाई मजवुत गर्नेछ ।व्यापक बहस र छलफलको स्वस्थ प्रकृयाले आपसी विश्वास र बैचारिक केन्द्रियता पैदा गर्नेछ ।पूर्व पार्टीको मनोबिज्ञान आग्रह र अपिलले मात्र मेटिदैन औपचारिक घोषणाको त यो बिषय नै होइन । इमान्दार सहकार्य खुलस्त अन्तरक्रियाहरुले व्यवहारमै पैदा हुने एकत्वले जव नेतृत्वलाई स्थापित गर्छ पूर्वसमूहका मनोविज्ञान भत्किन थाल्छन् र मात्र सामुहिकता पैदा हुन्छ ।यही नै आन्दोलनको अपराजेय उर्जा बन्नसक्छ ।
राख्नु त धेरै थियो ।तर प्रतिनिधिमुलक सवालहरु राख्ने काम भयो।बस्दिन मात्रै यसको स्थान भएन भने आफूलाई धन्य संझिने छु । -जनधारणा साप्ताहिकबाट