शुभ सामाग्रीहरू पठाउने साइपाता बनाउने तालिम

30

काठमाडाैं । नेवाः समाजमा विवाहको शुभ-कार्यका क्रममा “ग्वय् छ्वयेगु” अर्थात् सुपारीसहित विभिन्न शुभ सामाग्रीहरू पठाउने थैला (साइपाता) बनाउने तालिम चलाइएको छ।

काठमाडाैं महानगरपालिका वडा नम्बर २१ मा रहेको महिला दिदी-बहिनी समूहले चलाएको दश दिने सो तालिममा विभिन्न स्थानबाट आएका ३५ जना महिलाहरूले तालिम लिएका छन्।

काठमाडाैं महानगरपालिकाअन्तर्गत हनुमानढोका दरवार संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित तालिम मंसिर २५ गतेदेखि सञ्चालन गरिएको र त्यसमा विभिन्न स्थानबाट महिलाहरू सहभागी भएको समूहकी सचिव रमिला रञ्जितले बताउनुभयो। ।

तालिमका प्रमुख प्रशिक्षक होलिका श्रेष्ठले यस तालिमबाट प्रशिक्षितहरू आत्मनिर्भर हुन सक्षम हुने बताउनुभयो। समूहकी अध्यक्ष सुमित्रा रञ्जितकारले आफूहरूले महिलाहरूलाई केन्द्रीत गरेर विभिन्न शीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी गराउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here