नेपालसहित पाँच देशमा एकसाथ बृक्षारोपण

69

काठमाडौं ।  विश्व वातावरण दिवसका अवसरमा नेपाल, भारत, बंगलादेश, भुटान र म्यान्माका विभिन्न भागमा वृक्षरोपण गरी कार्यक्रम सम्पन्न भएको छ।

वरिष्ठ अभिनेत्री करिष्मा मानन्धरले शनिबार वृक्षरोपण गरी यो अभियान शुभारम्भ गरेकी हुन्। ‘दक्षिण एसियन टिम’ नामक स्वयंसेवी अभियानले सन् २००८ देखि विश्व वातावरण दिवसका अवसरमा यो कार्यक्रम गर्दै आएको टोली संयोजक चक्रबहादुर चन्दले जानकारी दिए।

अभियानले अन्तर्राष्ट्रिय दिवसमा स्थानीय संस्थासँग मिलेर कार्यक्रम गर्दै आएको छ। विभिन्न देशले आतिथ्य गर्ने कार्यक्रमलाई यसपटक नेपालले संयोजन गर्ने जिम्मेवारी पाएको थियो।

नेपालमा मेची–महाकाली सफाइ अभियानको संयोजनमा वृक्षरोपण गरिएको हो। सुदूरपश्चिम प्रदेशको चार स्थानमा कर्णाली प्रदेशका तीन स्थानमा लुम्बिनी प्रदेशको ६ स्थानमा, गण्डकी प्रदेशका पाँच स्थानमा बाग्मती प्रदेशको सात स्थानमा प्रदेश दुईको आठ स्थानमा प्रदेश एकको बाह्र स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

भारतमा दक्षिण एसियन टिमको आयोजना र कालिम्पोङ सेवा फाउन्डेसनको संयुक्त आयोजनामा भारतको सोह्र स्थानमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

सिक्किममा अभिनेत्री रुश्मा राईले वृक्षरोपण गरेकी छन्। दक्षिण एसियन टिमका आयोजनामा बंगलादेश, भुटान र म्यान्मारमा समेत वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ।

यस अभियानका लागि विभिन्न कलाकारले पनि वृक्षरोपण गर्ने र नागरिकलाई समेत वृक्षरोपण गर्न सामाजिक सञ्जालबाट अपिलसमेत गरेका थिए।

युवा अभिनेता पुष्प खड्काले गृहजिल्ला कैलालीमा वृक्षरोपण गरेका छन्। यो अभियान शनिबार विविध कार्यक्रम गरी मनाइएको छ। वातावरण जोगाउनुपर्छ भन्ने अभियानलाई जनजनमा लैजानु यसको मुख्य उद्देश्य रहेको जनाइएको राससमा समाचार छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here